Monday, August 2

राजनीति

ओलीलाई नेता कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गरे..

ओलीलाई नेता कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गरे..

Posted in राजनीति
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लागेका छन्। सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने भएको छ। २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै
राष्ट्रपतिको नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने शेरबहादुर देउवाको अडान

राष्ट्रपतिको नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने शेरबहादुर देउवाको अडान

Posted in राजनीति
काठमाडौं । संविधानको धारा नै उल्लेख नगरी नियुक्त गरिएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने अडान लिनुभएको छ । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन । राष्ट्रपतिको कार्यालयले संविधानको धारा नै उल्लेख नगरी आफ्नो नियुक्तिलाई असंवैधानिक बनाउन खोजेको भन्दै देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई नियुक्ति नसच्चिएसम्म शपग्रहण नगर्ने बताउनुभएको देउवानिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो । आफूलाई संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिको कार्यालयबाट असंवैधानिक नियुक्ति दिन खोजिएको भन्दै देउवाले शपथग्रहण गर्न असहमति जनाउनुभएको देउवानिकट नेताले बताउनुभयो । नियुक्
प्रधानमन्त्रीको देशवासीका नाममा  सम्बोधन – हेर्नुहोस( लाइब भिडियो )

प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन – हेर्नुहोस( लाइब भिडियो )

Posted in भिडियो, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसापछि बालुवाटार छाड्नुअगाडी आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेको उनको सचिवालय जनाएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ । सर्वोच्चको फैसलाबारे आधिकारिक धारणा तय गर्न आजै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । सोमबार साँझ नै बैठक बोलाइए पनि माधव नेपाल पक्ष नआउने भएपछि बैठक स्थगीत गर्दै अनौपचारिक रुपमै छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय द
बालुवाटार छोड्दै गर्दा अब केहीबेरमा ओलीले देशबासीको नाममा सम्वोधन गर्ने।

शेरवहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीमा नियुक्त

शेरवहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीमा नियुक्त

Posted in राजनीति
काठमाडौं । सोमबार सर्वोच्च अदालतले परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । केहीबेर अघि उहाँले नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो ।देउवा अहिले गठबन्धनसँग छलफलमा व्यस्त हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत नपाए पनि उहाँकै नेतृत्वमा मुलुक चुनावमा जाने छ। यसैबीच महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा द
देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुन्छन भनेर भबि, ष्यबाणी गरेका ज्योतिषिले गरे फेरी यस्तो खु, लाशा

देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुन्छन भनेर भबि, ष्यबाणी गरेका ज्योतिषिले गरे फेरी यस्तो खु, लाशा

Posted in राजनीति
काठमाडौं । शेरबहादुर देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुने योग परेको भन्ने ज्योतिषले अझै ४ महिना देश क’ठिनपूर्ण यात्रामा जाने बताएका छन्। उनले असार २६ गतेसम्म रहेको छत्रभंग योगका कारण यो परिवर्तन भएको बताएका छन् । ‘गत फागुमा नै मैले भनेको थिएँ, असार २६ पहिला परिवर्तन हुँदैन भनेर।’ उनले भने, ‘किन भने चैत्र २१ गतेदेखि असार २६ गतेसम्म छत्रभंग योग थियो। त्यो बेलामा राजनीतिको शिर्ष स्थानमा रहेकाहरुले आसन छोड्नु पर्ने, प्रतिनिधिसभा जस्ता राजनीतिक सर्वोच्च संस्थाहरु विघटन हुनु पर्ने नै थियो।’ उनले त्यो बेला नै शेरबहादुर देउवालाई ४ महिना नेतृत्वमा जाने काम नगर्न सल्लाह दिएको पनि जानकारी दिएका छन्। उनले भने, ‘असार २६ भन्दा पहिला यस्तो निर्णय आउथ्यो भने पनि भन्न सकिन्थेन्। तर, अझै पनि ४ महिना देशले कठिन परिस्थिति भोग्नु पर्छ।’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा हालसम्म ४ पटक
सर्वोच्चको अन्तरिम आदेशपछि २० जना मन्त्री पदमुक्त यसबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको यस्तो प्रतिकृया (भिडियो सहित)

सर्वोच्चको अन्तरिम आदेशपछि २० जना मन्त्री पदमुक्त यसबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको यस्तो प्रतिकृया (भिडियो सहित)

Posted in भिडियो, राजनीति
काठमाडौ । सर्वोच्च अदालतले पछिल्लोपटक गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। पछिल्लोपटक थपिएका २० जना मन्त्री सो आदेशसँगै पदमुक्त भएका छन्। संसद विघटनपछि काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका मन्त्रीलाई तत्काल काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई काम नगराउन अन्तरिम आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘प्रतिनिधि सभा विघटनको दोस्रो अवस्थापछि हालको सम्माननीय प्रधानमन्त्री नेपालको संविधानको धारा
मन्त्रीहरुलाई बधाई दिन पुगेकाले नै बिदाई गरेर फ, र्किए

मन्त्रीहरुलाई बधाई दिन पुगेकाले नै बिदाई गरेर फ, र्किए

Posted in राजनीति
काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका नयाँ मन्त्रीहरु सिंहदरबार र मन्त्रि क्वार्टरमा बधाई खाइरहेका थिए । मन्त्री नियुक्त भएको दिन देखि आज अपरान्हसम्म उनीहरु शुभेच्छुक र कार्यकर्ताको बधाईको माला र खादा लगाइरहेका थिए । सिंहदरबारमा मन्त्रीहरुलाई खादा र माला लिएर बधाई दिन जानेहरुको भीड देखिन्थ्यो । निषेधाज्ञा केही खुकुलो भएकाले पनि शुभेच्छुकको भीड लागेको थियो । मन्त्री क्वार्टरमा पनि आज भीड लागेको थियो । अपरान्ह अकस्मात् सर्वोच्च अदालतको अन्तरिम आदेशले विस्तारित मन्त्रिमण्डलमा थपिएका २० जनालाई पदमुक्त गर्ने अवस्था बनायो । सिंहदरबारमा खबर फैलियो । मन्त्रीहरुलाई बधाई दिन पुगेकाहरु बिधाई गरेर फर्किए । मन्त्रीहरु निन्याउरो अनुहार लगाएर सिंहदरबारबाट निस्किए । मन्त्री क्वार्टरमा झिटिगुन्टासहित छिरेको केही दिनमै निस्कनुपर्ने भएको छ । रोचक पक्ष यो छ कि सरकारमा चारजना मात
“एमाले विभा, जन भयो भने म केपी ओलीसँग रहन्छु” : योगेश भट्टराई -हेर्नुहोस् (भिडियो सहित

“एमाले विभा, जन भयो भने म केपी ओलीसँग रहन्छु” : योगेश भट्टराई -हेर्नुहोस् (भिडियो सहित

Posted in भिडियो, राजनीति
काठमाडौं, ४ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको सुनाए । उनले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री यो
एमालेबाट बर्खास्त भएपछि रामकुमारी झाक्रीको आक्रोश सहितको प्रतिक्रिया (भिडियो सहित)

एमालेबाट बर्खास्त भएपछि रामकुमारी झाक्रीको आक्रोश सहितको प्रतिक्रिया (भिडियो सहित)

Posted in भिडियो, राजनीति
काठमाडाैं  – नेकपा एमाले स्थायी कमिटीको आजकाे बैठकले माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका ११ नेतालाइ पार्टीबाट निश्कासन गर्ने निर्णय गरेकाे छ । उनीहरुले दिएकाे स्पष्टीकरणा चित्त बुझ्दाे नभएकाले निष्काशन गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। यस्तै, बैठकले