Saturday, August 18

खेलकुद

रोनाल्डोसहित वर्षका उत्कृष्ट ११ गोलकर्ताको मनोनयन सार्वजनिक

रोनाल्डोसहित वर्षका उत्कृष्ट ११ गोलकर्ताको मनोनयन सार्वजनिक

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद
एजेन्सी । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले वर्षका उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको छ।गएको सिजन युइएफएका ११ प्रमुख प्रतिस्पर्धाबाट एउटा गोललाई मनोनयन गर्दै युइएफएले ११ उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको छ। युइएफएका प्राविधिक अनुगमनकर्ताले हरेक प्रतिस्पर्धाबाट उत्कृष्ट एउटा गोल छनोट गरेका हुन्। अब यी ११ गोल मध्येबाट फ्यान मतको आधारमा उत्कृष्ट गोल छनोट हुनेछ। यसका लागि अगष्ट २७ सम्म युइएफएको वेब साइटमा गएर मत दिन सकिनेछ। गएको सिजन च्याम्पियन्स लिगको क्वाटर्फाइनलमा युभेन्टसविरूद्ध रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले गरेको ओभरहेड किकमार्फत गरेको गोलसमेत परेको छ। रोनाल्डोसँगै युइएफएले सबै ११ गोलसहित मत दिनका लागि वेब साइट मार्फत आग्रहसमेत गरेको छ।
नेपाली युवतीको डर लाग्दो रेस्लिङ्ग, झन्डैले गयो ज्यान…(हेर्नुहोस् भिडियो)

नेपाली युवतीको डर लाग्दो रेस्लिङ्ग, झन्डैले गयो ज्यान…(हेर्नुहोस् भिडियो)

Posted in खेलकुद, भिडियो
विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर बिभिन्न देशमा रेस्लिङ खेल्दै छन्। नेपालमा धेरै कम खेलिने खेल हो रेस्लिङ । रेस्लिङलाई नेपाल सरकार बाट पनि तेती चासोको साथ हेर्दैनन् । तर पनि आफ्नो व्यक्तिगत रुपमा रेस्लिङ खेलेर नेपालको नाम बिश्वमा चिनाउन खोज्दैछन् रेस्लिङ खेलाडीहरु । अहिले त नेपालमा महिला रेस्लिङ खेलाडी पनि धेरै छन् उनीहरुको खेल पनि एकदमै राम्रो छ । नेपालमा पनि महिला रेस्लिङ खेलाडी अरु भन्दा कम नभएको नेपालका चर्चित रेस्लिङ खेलाडी जुरेलीले बताइन् ! आज काठमाडौंमा भएको रेस्लिङ खेलमा जुरेलीले सबैलाई चकित नै पारिन् उनको खेलको चर्चा एकदमै भयो । उनको खेल देखेर उनका प्रतिस्पर्धामा आएका अर्को खेलाडीलाई उनले ज्यान नै मार्ला जस्तो गरेकी थिन् । नेपाली युवतीको डर लाग्दो रेस्लिङ्ग, झन्डैले गयो
साफ–यू–१५ महिला फूटबल : पाकिस्तानमाथि नेपालको शानदार जित…

साफ–यू–१५ महिला फूटबल : पाकिस्तानमाथि नेपालको शानदार जित…

Posted in खेलकुद
काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताँै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् । यो जितसँगै नेपालले समूहचरणमा महत्वपूर्ण ३ अङ्क जोडेको छ । अफगानिस्तान र मल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा
फेरि चम्किए सन्दीप लामिछाने, सीपीएलको डेब्यू खेलको पहिलो बलमै विकेट (पुरा बिबरण सहित हेर्नुहोस )

फेरि चम्किए सन्दीप लामिछाने, सीपीएलको डेब्यू खेलको पहिलो बलमै विकेट (पुरा बिबरण सहित हेर्नुहोस )

Posted in खेलकुद
काठमाडौं । नेपाली युवा स्पिनर सन्दिप लामिछानेले फेरि आफ्नो क्षमता प्रदर्शन गरेका छन् । क्यारेवियन प्रिमियर लिग सीपीएलमा उत्कृष्ट डेब्यू गर्दै पहिलो बलमै विकेट लिएर आफ्नो दमदार क्षमता प्रदर्शन गरेका हुन् । सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले बिहीबार सीपीएलमा डेब्यू गरेका हुन् । उनले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यूलाई उत्कृष्ट र अविश्मरणीय बनाएका हुन् । समग्रमा सन्दिपले ४ ओभर बलिंग गरी २ विकेट लिए । गुयानाको राष्ट्रिय रंगशालामा १४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्सबिरुद्ध दोस्रो ओभर बलिंग गर्दै उनले सीपीएल डेब्यू गरेका थिए । पहिलो बलमै उनले शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए । आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्द
९३ देशका २९३ खेलाडीलाई पछि पार्दै सूनमायाले राखिन  नेपालको नाम

९३ देशका २९३ खेलाडीलाई पछि पार्दै सूनमायाले राखिन नेपालको नाम

Posted in खेलकुद
चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन् ।उक्त म्यारथन स्थानीय समयानुसार आज बिहान ०६ः३३ बजे शुरु भएको थियो ।
नेपालले क्रिकेटमा जित्दा सन्दिपको दिल्ली डेयरडेभिल्सले खुसि मनायो, सन्दिप चम्किएपछि भन्दै यसो भन्यो ..! हेर्नुहोस जस्ताको तस्तै

नेपालले क्रिकेटमा जित्दा सन्दिपको दिल्ली डेयरडेभिल्सले खुसि मनायो, सन्दिप चम्किएपछि भन्दै यसो भन्यो ..! हेर्नुहोस जस्ताको तस्तै

Posted in खेलकुद
काठमाडौं – नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा नेपालबाट मात्रै होइन, बाहिरबाट पनि बधाईको ओइरो लागेको छ । इन्डियन प्रिमियर लिग(आईपीएल) मा सन्दीपको टिम दिल्ली डेयरडेभिल्सले नेपालको ऐतिहासिक जितमा सन्दीपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ । दिल्लीले सन्दीपको बलिङ फिगरसहित ट्वीट गरेको छ । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्यो । नेपालको यो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा पहिलो जित हो । २१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ रनमा रोक्न सफल भयो । सन्दीपले १० ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ३ विकेट लिए । अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा नेपाल विजयी भएको थि
२० वर्षपछि विश्वकपको विजेता बन्यो फ्रान्स। पूरा हेर्नूहोस

२० वर्षपछि विश्वकपको विजेता बन्यो फ्रान्स। पूरा हेर्नूहोस

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद
काठमाडौं । २० वर्षपछि इतिहास दोहो¥याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो । पहिलो हाफमा फ्रिकिकबाट आएको बललाई रक्षा गर्न खोज्दा मान्डझुकिचको हेडिङ मार्फत आत्मघाती गोल हुँदा फ्रान्स १-० ले अग्रता बनाउन सफल भयो । तर, खेलको १० मिनेटमै पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर, ३८ औं मिनेटमा पेनाल्टीमा पाएको बललाई गोलमा परिणत गर्दै फ्रान्सले पुनः अग्रता बनाउन सफल भयो । पहिलो हाफ २-१को अग्रता बनाएको फ्रान्सले दोश्रो हाफको ६८ औं मिनेटमा पोग्वाले थप गोल गर्दै खेललाई ३-१को अग्रता बनाएको थियो । त्यसपछि पुनः ६५ मिनेटमा
इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप इतिहासमै तेश्रो स्थान बनाउन सफल, इंग्ल्याण्ड २-०ले पराजित

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप इतिहासमै तेश्रो स्थान बनाउन सफल, इंग्ल्याण्ड २-०ले पराजित

Posted in खेलकुद
इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप इतिहासमै तेश्रो स्थान बनाउन सफल, इंग्ल्याण्ड २-०ले पराजित काठमाडौं । इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका हुन् । खेलको ४ मिनेटमा नै गोल गर्दै म्युनियरले सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ एक शून्यले अग्रता बनाएको बेल्जियम दोश्रो हाफमा भने निकै दबाबमा आएको थियो । तर, खेलको ९० मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । इंग्ल्याण्डले बललाई आफ्नो पक्षमा राखेपनि कुनै गोल भने गर्न सकेन र बेल्जियम रुस विश्वकपमा तेश्रो स्थान हात पार्न सफल भयो । अब उपाधिका ला
खेलको तयारीमा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै,को जाला फाइनलमा ?

खेलको तयारीमा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै,को जाला फाइनलमा ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद
एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ । ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ । जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ । उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ ।
बेल्जियमलाई १-० ले हराउदै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश..

बेल्जियमलाई १-० ले हराउदै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश..

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद
काठमाडौं । वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो। खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो । बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुप