
भगवान बनेर आए डा. सन्दुक रुइत, एघार वर्षपछि भगवान भेटिँदा राज लिम्बूको खुशी…
Posted in स्वास्थ्य /जिबनशैली
डा. रुइतले भने दृष्टिविहीनलाई संसार देखाउनु आफ्नो कर्तव्य भएको बताउनुहुन्छ । विरामीले आँखाको ज्योति पाउँदा आफूलाई सबैभन्दा बढी खुशी प्राप्त हुने उनको भनाइ छ । अहिले भने लाखौँ लाखले सम्झिने र पुजिने साक्षात् भगवान् भएका छन् उनी स्वयम् । कारण– अन्धोपन हटाएर लाखौँ मानिसलाई उज्यालो दिएका छन् ।
एघार वर्षपछि भगवान भेटिँदा राज लिम्बूको खुशी: शारीरिक अपांगता मध्येको सबैभन्दा दुःखद अपाङ्गता भनेको दृष्टिविहीन हुनु हो भनेर भनिन्छ, किनकि जीवनका अनुभव मध्ये दुईतिहाइ भन्दा बढी अनुभवहरु मानिसले आँखाको माध्यमबाट लिइरहेको हुन्छ। त्यसमा पनि जन्मजात दृष्टिविहीन हुनुको पिडा भन्दा जिवनमा पछि गएर दृष्टि गुमाउनुको पिडा धेरै गाढा हुन्छ, किनकि आफुले आँखाको माध्यमबाट देखिरहेको, भोगिरहेको सुनौलो संसार एकाएक निष्पट अँध्यारो हुन पुग्छ।
१० बर्षको उमेरमै मोतिबिन्दुको कारणले आफ्नो दृष्टि गुमाउनपुगेका राज लिम्बू यस्