Thursday, April 15

बिज्ञान प्रबिधि

पेट्रोलबिनै चल्ने ‘मोटर बाइक’कक्षा ९ मा पढ्ने वि’द्यार्थीले बनाए ! हेर्नुहोस्

पेट्रोलबिनै चल्ने ‘मोटर बाइक’कक्षा ९ मा पढ्ने वि’द्यार्थीले बनाए ! हेर्नुहोस्

Posted in बिज्ञान प्रबिधि
चि’ल्ड्रेन ला’ईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थी’ले ब्या’ट्रिबाट चल्ने मोटर साईकल (ई’लेक्ट्रिक बाईक’ बनाउनु’भएको छ ।बागलुङ नगरपा:लिका २ अदाल’तरोड घर भएका गणेश श्रेष्ठले ४८ भो’ल्टको मोटर, ४ वटा लि’ड एसि’ड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० ए’म्पयरको एउटा ब्याट्रि,१ ए’क्सिलेटर र बाईकको पुरानो फ्रे’मबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो । कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुभको स’हायता लिएर उक्त बाईक नि’र्माण गरेको बताउनुभयो । गत साउनदेखि सुरु भएको बाईक निर्माण का’र्य मंसिरमा सम्पन्न भई विद्यालयमा प्र’दर्शनी गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्या’फ स्वि’च वल्भ, स्फि’कर इन्भटर जस्ता ई’लेक्ट्रिक सामान बना’एका थिए ।बाईक नि’र्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्या’ट्री सहयोग भएको थियो । फु’र्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धा’न ध्यान दिने श्
खुशीको खबर: नेपाल आ’ काशमा इन्टरनेट सुविधा दिने तेस्रो मुलु,क बन्यो

खुशीको खबर: नेपाल आ’ काशमा इन्टरनेट सुविधा दिने तेस्रो मुलु,क बन्यो

Posted in बिज्ञान प्रबिधि
काठमाडौं। नेपाल आकाशको १० हजार फिटमाथि इन्टरनेट उपलब्ध गराउने दक्षिण एसियाकै तेस्रो मुलुक बनेको छ। भारत र पाकिस्तानपछि नेपालले आफ्नो आकाशमा इन्रटनेट दिएको हो। दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै १० हजार फिटमाथिका लागि अनुमति दिएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ ।प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए। विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालयलगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्व
१६ बर्षे दाजु भाईले यस्तो अचम्मको रो, बर्ट बनाए । हिड्दै यस्तो गरेपछि सबै च,कित परे (भिडियो हेर्नुस)

१६ बर्षे दाजु भाईले यस्तो अचम्मको रो, बर्ट बनाए । हिड्दै यस्तो गरेपछि सबै च,कित परे (भिडियो हेर्नुस)

Posted in बिज्ञान प्रबिधि, भिडियो
नेपालमै सानो उमेरमा यति धेरै प्रगति गर्ने र रोबट बनाउने साथै देशका लागि केहि गरौं भन्ने सोच भएका दाजु भाई कपिलर बिशाल लम्साललाई हौसला दिन यो भिडियो सबैले शेयर गरिदिनुहोला है । बुटवलका दुई दाजु भाई कपिल र बिशाल लम्सालले बनाएको रोट यतिबेला चर्चामा छ । यो रोबटले हिड्छ, मान्छेहरुले जे सोध्यो त्यसकै उत्तर दिन्छ र बत्र्ती पनि निभाउँछ । यस्तो राम्रो काम गर्ने रोबट अनि १६ र १८ बर्षका दाजु भाईले बनाएको भन्दा सबैलाई बिश्वास नलाग्न सक्छ तर वास्तविकता यहि हो । बुटवलका यि दाजु भाई सानै देखि नयाँ नयाँ कुराहरु आविष्कार गर्न चाहन्थे । पहिलो पटक आफुले दिएको बाटोमा हिड्ने र अवरोध आए रोकिने सानो रोबट बनाएका यि दाजु भाईले त्यसपछि होटेलमा टेबुलमा खाना सर्भिस गर्ने डमि रोबर्ट बनाए। त्यसपछि उनीहरुले आफ्नै टिफिन खर्चबाट बोल्ने र हिड्ने रोबर्ट बनाए । भर्खरै लकडाउनको समयमा यि दाजु भाईले अटोमेटिक ह्याण्ड से
सस्तो मूल्यमा बजाज पल्सर १२५ नयाँ मोडल भयो लन्च , यस्तो छ मुल्य…

सस्तो मूल्यमा बजाज पल्सर १२५ नयाँ मोडल भयो लन्च , यस्तो छ मुल्य…

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । बजाज अटोले पल्सर १२५ स्प्लिट सिट मोडललाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ । उक्त नयाँ भेरिएन्टको मूल्य ७३ हजार २७४ भारु तोकिएको छ । सो बाइकको डिस्क ब्रेक भेरिएन्टको मूल्य ८० हजार २१८ भारु छ । यसको अर्थ डिस्क भन्दा ड्रम ब्रेक भेरिएन्टको मूल्य ७ हजार भारु कम छ । सो बाइक ब्ल्याक रेड र ब्ल्याक सिल्भर कलर अप्सनमा उपलब्ध छ । बजाजले गत जुन महिनामा स्प्लिट सिट भेरिएन्ट लन्च गरेको थियो । स्ट्यान्डर्ड पल्सर १२५ को तुलनामा स्प्लिट सिट भेरिएन्टमा धेरै फिचर थप भएका छन् । यसमा स्प्लिट सिट, स्प्लिट ग्रयाब रेल र स्पोर्टी बेली प्यान सामेल छ । यसले गर्दा यो स्ट्यान्डर्ड पल्सर भन्दा फरक देखिन्छ । सो बाइक तीन कलर अप्सनमा उपलब्ध छ । नयाँ पल्सर स्प्लिट सिट भेरिएन्टमा स्ट्यान्डर्ड पल्सर १२५ मा भएकै इन्जिन छ । बीएस ६ कम्प्लायन्ट सो इन्जिनले ११।६ बीएचपी पावर र १०।८ एनएम टर्क
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ वर्ग
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । एक
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो । “मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भने । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो । करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत दाङ