
युवतीको कामुक अनुहारमा यसरी फसे यी युवा, झुक्याएर चौथो श्रीमान बनाउदै सम्पती स्वाहा (भिडियो सहित)
Posted in भिडियो
झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ ।
सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ । सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो ।
मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।